
मकवानपुर, माघ २५ :
बागमती प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश लोक सेवा आयोगको पाँचौँ वार्षिक प्रतिवेदन सभामा पेस गरेका छन् ।
मुख्यमन्त्री लामाले उपसभामुख अप्सरा चापागाईंको अनुमतिमा उक्त विधेयक सभामा प्रस्तुत गरेका हुन् । बैठकमा उपसभामुख चापागाईंले उद्योग, पर्यटन तथा वातावरण समितिको सदस्यमा प्रदेशसभाका सदस्य शैलेन्द्रमान बज्राचार्यलाई मनोनयन गरिन् ।