काठमाडौं, माघ २४ :

नेपाली बजारमा बहुचर्चित प्रिन्टर ब्रान्ड कोनिका मिनोल्टाको नयाँ प्रिन्टर सार्वजनिक भएको छ ।

सागर ग्रुपले ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एन्ड लाइफस्टाइल : मिट एन्ड ग्रिट, एक्स्पोबाट उक्त ब्रान्डका तीनवटा मोडलका प्रिन्टर सार्वजनिक गरेको हो ।

कोनिका मिनोल्टा बीएच-सी २२६ आई कलर फोटोकपी र मेसिन, कोनिका मिनोल्टा बीएच-३०६ आई/डब्लू फोटोकपी र मेसिन र कोनिका मिनोल्टा बीएच-२२५ बी/डब्ल्यू फोटोकपी र मेसिन मोडलका प्रिन्टर बजारमा आएका हुन् । उत्कृष्ट पर्फर्मेन्स भएका यी प्रिन्टर मूल्यका हिसाबले पनि औसत रहेको सागर ग्रुपले जानकारी दिएको छ ।

नयाँ मोडल सार्वजनिक भएसँगै उक्त एक्स्पोमा आएर कोनिका मिनोल्टा प्रिन्टर खरिद गर्दा २० प्रतिशतसम्म छुट दिने घोषणा पनि सागर ग्रुपले गरेको छ । उक्त एक्स्पो बेलियो एक्सपेरियन्स सेन्टर कलंकीमा माघको २३ गते अर्थात् आजदेखि २९ गतेसम्म आयोजना हुँदै छ । सागर ग्रुपकी उपाध्यक्ष बुद्धलक्ष्मी मानन्धरले कार्यसम्पादनमा यी प्रिन्टरले निकै सहज बनाउने जानकारी दिइन् । ड्युरेबिलिटी, कम लागतमा उत्कृष्ट प्रदर्शन, उच्च टोनर क्षमता, इको-फ्रेन्डली डिजाइन कोनिका ब्रान्डका खास विशेषता हुन् ।

‘सागर ग्रुपले नेपालमा लामो समयदेखि कोनिकाका प्रिन्टर बिक्री गर्दै आएको छ । यी प्रिन्टर आमउपभोक्ताको रोजाइमा पर्न सफल छन् । नयाँ आएका कोनिका प्रिन्टरहरूले कार्यशैलीमा फरकपन दिन्छ,’ उनले भनिन् । यी प्रिन्टरमा कनेक्टिभिटी विकल्पहरू जस्तै यूएसबी, वाइफाई, ब्लुटुथ र नेटवर्क कनेक्सनमा उपलब्ध छन् । नयाँ डिजाइनका साथ आएका कोनिका मिनोल्टा प्रिन्टरले उपयोगकर्ता अनुभवलाई उत्कृष्ट बनाउने बताइएको छ ।