शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
कला भिडियो

लाज शरणम् बनाउन ४ वर्षको मिहिनेत

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २३ माघ, २०८१ मा प्रकाशित
लाज शरणम् बनाउन ४ वर्षको मिहिनेत
काठमाडौं, माघ २३ :

चलचित्र ‘लाज शरणम्’का कलाकार अर्जुन घिमिरे (पाँडे) ले आफूहरूको चार वर्षको मिहिनेतपछि चलचित्र बनेको बताएका छन् । सिनेमाको कथा लेख्न थालेको करिब चार वर्षपछि ‘लाज शरणम्’ बनेको उनको भनाइ छ ।

‘लाज शरणम्’ले कर्णालीका आमनागरिकको कथा भन्ने उनले बताए । उनका अनुसार कर्णालीमा आमनागरिकले भोगिरहेको कथा र उनीहरूको जीवनसँग खेलबाड गर्ने उपल्लो वर्गको कथा ‘लाज शरणम्’मा देख्न पाइने उनी बताउँछन् ।

डार्क कमेडी फर्ममा कथा भन्ने उनले प्रस्ट पारेका छन् । ‘डार्क ह्युमर कमेडी फर्ममा कसरी हसाउँदा हसाउँदै गम्भीर कथा भन्न सकिन्छ भनेर हामीले सिनेमाको यो कथा भनेका छौँ,’ अर्जुन भन्छन्, ‘हामीले हाम्रो करियरको यो लामो समय टेलिचलचित्रमार्फत दर्शकलाई हसायौँ । अब सिनेमामार्फत हसाउने प्रयास गर्दै छौं ।’

टेलिचलचित्रमा जस्तै चलचित्रमा पनि दर्शकको साथ रहनेमा आफूहरू ढुक्क रहेको उनी बताउँछन् । ‘सक्किगोनि’का अरु कलाकार फरकफरक लुक्स र चरित्रमा देखिए पनि ‘लाज शरणम्’मा अर्जुन भने पाँडेकै चरित्रमा देखिनेछन् । दर्शकले अहिले आफूलाई यही क्यारेक्टरमा मन पराइरहेकाले यही सिनेमामा पनि राखिएको उनको भनाइ छ ।

अहिले अरु क्यारेक्टर चलचित्रमा गरे पनि पाँडेले अर्कै क्यारेक्टर गरेछ भनेर दर्शकले भन्ने अवस्था रहेकाले यही नै सिनेमामा रहेको उनी बताउँछन् । छोटो तर प्रभाकारी चरित्रमा आफू रहेको अर्जुनले सुनाए ।

‘लाज शरणम्’मा अर्जुन कार्यकारी निर्माता पनि हुन् । कुमार कट्टेल (जिग्री) लेखक तथा निर्देशक हुन् । पोस्टर र टिजर दुवै दर्शकले मन पराउँदा सिनेमाले पनि मन जित्नेमा निर्माणपक्ष ढुक्क छ ।

‘लाज शरणम्’मा सीताराम कट्टेल (धुर्मुस)सँगै मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा, रेणु योगी, कमलमणि नेपाल, माला लिम्बू, ‘सक्किगोनि’ टिमका कलाकार अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी) लगायत कलाकार छन् ।

‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुनेछ । जेपीटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, रामनरेश शाह र सिर्जना खड्का सह-निर्माताका रूपमा छन् । सिनेमालाई सुदीप बरालले छायांकन गरेका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार