शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

माओवादीले तोक्यो प्रदेश इन्चार्ज, मधेस र बागमतीका फेरिए

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २२ माघ, २०८१ मा प्रकाशित
माओवादीले तोक्यो प्रदेश इन्चार्ज, मधेस र बागमतीका फेरिए
काठमाडौं, माघ २२ :

नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरू तोकेको छ । पार्टी पदाधिकारीको सोमबार बसेको बैठकले प्रदेश इन्चार्जहरू तोकेको हो ।

जसअनुसार कोसीमा हरिबोल गजुरेल , मधेश प्रदेशमा मातृका यादव, बागमती प्रदेशमामा हितमान शाक्य र गण्डकी प्रदेशमा दिनानाथ शर्मा तोकिएका छन् ।

यस्तै लुम्बिनीमा चक्रपाणी खनाल, कर्णाली प्रदेशमा  कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशमा  गिरिराजमणि पोखरेल इन्चार्ज तोकिएको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाका जानकारी दिए

यस्तै, विशेष प्रदेश इन्चार्जमा जयपुरी घर्ती, सार्क प्रवासमा लक्ष्मण पन्त, यूरोप अमेरिका इन्चार्जमा राम कार्की र एसियामा ओम शर्मा तोकिएका छन् ।यसअघि मधेसमा लिलामिण पोखरेल र बागमती प्रदेशमा अग्नी सापकोटा इन्चार्ज थिए। 

माओवादीले महासचिवभन्दा माथिका पदाधिकारीलाई भूगालको जिम्मेवारी नदिने नीतिअनुसार कार्यविभाजन गरेको हो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार