बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
विदेश

ट्रम्पको विश्वव्यापी भन्सार महसुल नीतिले हामी गहिरो चिन्तामा छौँ : जापानी अर्थमन्त्री 

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २१ माघ, २०८१ मा प्रकाशित
ट्रम्पको विश्वव्यापी भन्सार महसुल नीतिले हामी गहिरो चिन्तामा छौँ :  जापानी अर्थमन्त्री 
टोकियो, माघ २१ :

जापानका अर्थमन्त्री कात्सुनोबु कातोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको भन्सार महसुलको नीतिले विश्वव्यापी व्यापारमा पर्ने सम्भावित असरबारे जापान ‘गहिरो चिन्ता’ मा रहेको बताएका छन् ।

ट्रम्पले प्रमुख व्यापारिक साझेदारहरू क्यानाडा, मेक्सिको र चीनलाई लक्षित गर्दै भन्सार महसुल बढाएको घोषणा गरेका छन् ।

ट्रम्पले क्यानाडा र मेक्सिकोबाट संयुक्त राज्य अमेरिकामा हुने निर्यातमा मङ्गलबारदेखि २५ प्रतिशत भन्सार महसुल लाग्ने र चीनबाट आउने सामानमा थप १० प्रतिशत भन्सार महसुल लाग्ने बताएका छन् ।

यो घोषणाले ऊर्जादेखि अटोमोबाइल र खाद्यान्न आपूर्ति शृङ्खलामा उथलपुथलको खतरा निम्त्याएको छ ।

“यी भन्सार महसुलले विश्व अर्थतन्त्रमा कस्तो प्रभाव पार्न सक्छन् भन्ने बारेमा हामी गहिरो चिन्तामा छौँ”, जापानी अर्थमन्त्री कातोले आज (आइतबार) फुजी टिभीको एक कार्यक्रममा भनेका छन् ।

कातोले विदेशी मुद्रा बजारमा ट्रम्पको भन्सार महसुल नीतिको सम्भावित प्रभावहरूको ‘पूर्ण मूल्याङ्कन’ गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएका छन् ।

गैरकानूनी आप्रवासी र फेन्टानाइलसहितका लागुऔषधको संयुक्त राज्य अमेरिकामा प्रवाह रोक्न असफल भएका देशहरूलाई सजाय दिने उद्देश्यले यी कदमहरू चालिएको ट्रम्पले बताएका छन् ।

चीन, क्यानडा र मेक्सिकोले भन्सार महसुलको जवाफ दिने तयारी गरेका छन् ।

बेइजिङको वाणिज्य मन्त्रालयले ‘सम्बन्धित जबाफी कदमहरू’ चाल्ने र विश्व व्यापार सङ्गठनमा वासिङ्टनविरुद्ध दावी दर्ता गर्ने बताएको छ ।

मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामले आफ्नो देशले जवाबी शुल्क लगाउने बताएका छन् भने क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले ओटावाले पनि एक खर्ब ५५ अर्ब क्यानेडियन डलर (एक खर्ब छ अर्ब ६० करोड अमेरिकी डलर) मूल्यका केही अमेरिकी सामानमा २५ प्रतिशत कर लगाउने प्रतिक्रिया दिएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार