काठमाडाैं, माघ २० :
नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई बिदाइ गरेको छ । देशाईको सम्झौता थप नगरेर क्यानले बिदाइ गरेको हो ।
उनको २ वर्षे सम्झौता यही फेब्रुअरीबाट सकिएको क्यानले जनाएको छ ।
मोन्टीको कार्यकालमा नै नेपाली क्रिकेट टोलीले थुप्रै सफलता हात पारेको थियो । नेपालले ओडिआई मान्यता जोगाउनुका साथै ओडिआई विश्व कपको छनोट समेत खेलेको थियो भने उनकै कार्यकालमा नेपालले पहिलोपटक एसिया कपसमेत खेलेको थियो ।
क्यानले उनलाई आगामी यात्राको लागि सफलताको शुभकामना पनि दिएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’