बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार क्रिकेट

महिला टी-२० आई सिरिजमा नेपालको लगातार दोस्रो हार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २० माघ, २०८१ मा प्रकाशित
महिला टी-२० आई सिरिजमा नेपालको लगातार दोस्रो हार
काठमाडाैं, माघ २० :

महिला टी-२०आई श्रृङ्खलामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार टस जितेर पहिले ब्याटिङ गरेको  नेपालले २० ओभरमा ९ विकेट गुमाएर १०१ रन बनाएको थियो ।

थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १०२ रनको लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालका लागि मनिषा उपाध्यायले ४ ओभरमा १२ रन दिएर २ विकेट लिइन् । नेपालका लागि कविता कुँवर र बिन्दु रावलले सर्वाधिक समान २५ रन बनाए । कप्तान इन्दु बर्माले १५ रन बनाइन् । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो । शृंखलामा सबै टोलीले एकअर्कासँग ३-३ खेल खेल्ने छन् । प्रतियोगितामा नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सहभागी छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार