बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद क्रिकेट

त्रिदेशीय महिला टी- ट्वेन्टी : थाइल्यान्डसँग नेदरल्यान्ड्स पराजित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १९ माघ, २०८१ मा प्रकाशित
त्रिदेशीय महिला टी- ट्वेन्टी : थाइल्यान्डसँग नेदरल्यान्ड्स पराजित
काठमाडौँ, माघ १९ :

काठमाडौँमा जारी त्रिकोणात्मक सिरिज अन्तर्गत आज भएको दोस्रो खेलमा थाइल्यान्डसँग  नेदरल्यान्ड्स पराजित भएको छ । 

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा थाइल्यान्डले नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गरेको हो । 

नेदरल्यान्ड्सले दिएको १२३ रनको लक्ष्य पछ्याएको  थाइल्यान्डले १८ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । थाइल्यान्डका लागि नान्नापत कोन्चारोइनकाइले ५० बलमा पाँच चौका प्रहार गर्दै नटआउट ५६ रन जोडिन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १२२ रनको योगफल बनाएको थियो । नेदरल्यान्ड्सका लागि कप्तान बाकेटे डी लिडेले ५२ रन जोडेकी थिइन् ।

त्यस्तै  आरिस विलिङले २८ रन जोडिन् । बलिङमा थाइल्यान्डकी पुत्थावोङले दुई विकेट लिइन् । सिरिजको तेस्रो खेलमा भोलि शनिबार नेपाल र थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार