काठमाडौं, माघ १७ :

ब्रिटिस गोर्खा भुतपूर्व सैनिक संगठन (बिगेसो)  सर्वोच्चको निर्देशनात्मक आदेश कार्यान्वयनको माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा धर्ना दिँदै आएका छन् । यही माघ १३ गतेदेखि सुरु गरिएको धर्ना कार्यक्रम २४ गतेसम्म जारी रहने बिगेसोका अध्यक्ष सुलोचना गुरुङ जनाएकी छन् । उनले सर्वोच्चको निर्देशनात्मक आदेश कार्यान्वयन गर्न सरकार गम्भीर हुन आग्रहसमेत गरिन् ।

सरकारले उक्त विषयलाई गम्भीरतापूर्वक नलिँदा गोर्खाका लागि न्याय, समनता र स्वाधीननताका निम्ति ठोस पहल हुन सकेको छैन । स्वाधीनता र न्यायका लागि शान्तिपूर्ण गोर्खा आन्दोलन सडक, सदन र न्यायलयमार्फत निरन्तर जारी राखेको अध्यक्ष गुरुङको भनाइ छ ।

गोर्खा सैनिक विश्वका जुनसुकै कुनामा गए पनि सन् १९४७ को सन्धिमार्फत गएको हुँदा गोर्खा समुदायले वंशजका आधारमा नागरिकताको निरन्तरता पाउनुपर्नेमा समेत जोडदिइएको छ । मुलुकको स्वाधीनता ख्याल गर्दै राष्ट्रियताका आधारमा गोर्खालाई विभेद गरिनु हुन्न भन्ने उनीहरुको माग छ ।

हेरौं थप तस्बिर :

दिलमन्यु सिल्वाल / सक्रिय न्युज