बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार विदेश

महाकुम्भ मेलामा भागदौड मच्चिँदा मृतकको संख्या ३० पुग्यो, कैयौं घाइते

· बुधबार, १७ माघ, २०८१ मा प्रकाशित
महाकुम्भ मेलामा भागदौड मच्चिँदा मृतकको संख्या ३० पुग्यो, कैयौं घाइते
काठमाडौं, माघ १७ :

विश्वको सबैभन्दा ठूलो धार्मिक मेला महाकुम्भमा भागदौड मच्चिँदा मृतकको संख्या ३० पुगेको छ ।

भागदौडमा महिला र बालबालिकासहित ३० जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका छन् । प्रयागराजस्थित महाकुम्भमा भागदौड मच्चिँदा कैयौँ व्यक्तिको मृत्यु भएको आशङ्का गरिएको छ । जसमध्ये २५ जनाको पहिचान भइसकेको छ। ६० जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ।

हताहतीको संख्या अझै बढ्न सक्ने बताईएको छ । धेरै घाइतेहरूलाई तत्काल उपचारको लागि मोतीलाल नेहरु मेडिकल कलेजमा लगिएको समाचार छ।

मौनी अमावस्याको अवसरमा अमृत स्नानका लागि त्रिवेणी सङ्गमको घाटमा ठूलो भीड लागेको बेला उक्त घटना भएको हो । अनुमानित ८० देखि १० करोड  भक्तजनहरू भेला भएका थिए । जसले गर्दा पवित्र स्थलमा अत्यधिक भीड भाड भएको थियो।

 

 

 

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार