काठमाडौँ, माघ १६ :
ताप्लेजुङकाे पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार विवादको विषयमा छलफल गर्न गृहमन्त्री रमेश लेखकले त्यस क्षेत्रका सांसदलाई बोलाएका छन् ।
मन्त्री लेखकले आज मङ्गलबार साँझ ५ बजे तीन जना सांसदलाई छलफलका लागि गृह मन्त्रालयमा बोलाएका हुन् ।
ताप्लेजुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सांसद योगेश भट्टराई, लीलादेवी बोखिम र उर्मिला थेबेलाई मन्त्री लेखकले बोलाएका छन् ।
सांसद उर्मिला थेबेले दिउँसो समितिको बैठकपछि आफूहरू गृह मन्त्रालय जाने तयारीमा रहेको बताइन् । सांसदहरूले केबलकार विवादको विषय जानकारी गराउने तयारी छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
प्रधानमन्त्री कार्यालयद्वारा पछिल्लो एक साताको कार्यप्रगति विवरण सार्वजनिक
प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई महासंघको आग्रह
निवर्तमान आईजीपी कार्कीद्वारा दायर रिट सर्वोच्चमा दर्ता, कात्तिक ३० गते पेसी