बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

पर्यटन विस्तारका लागि सुरक्षामा पनि ध्यान दिनुपर्छ : महानिरीक्षक कुँवर

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १३ माघ, २०८१ मा प्रकाशित
पर्यटन विस्तारका लागि सुरक्षामा पनि ध्यान दिनुपर्छ : महानिरीक्षक कुँवर
काठमाडाैं, माघ १३ :

नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले पर्यटन क्षेत्रको विस्तारसँगै सुरक्षालाई पनि सरोकारको विषय बनाउनुपर्ने बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित ४६ औं पर्यटक प्रहरी दिवसको अवसरमा महानिरीक्षक कुँवरले पर्यटन विस्तारका लागि सुरक्षा चासोतर्फ पनि ध्यान दिनुपर्ने बताएका हुन् । नेपाल सुन्दर मात्र होइन, सुरक्षित पनि छ भनेर चिनाउन सकेमात्र पर्यटन क्षेत्रमा आकर्षण बढ्ने उनको भनाइ छ । 
प्रहरी महानिरीक्षक कुँवरले पर्यटकीय दृष्टिकोणबाट नेपाल आकर्षणको केन्द्र रहेको उल्लेख गरे।

पर्यटकको सुरक्षा नेपाल प्रहरीको एकल प्रयासले मात्रै सम्भव नहुने जनाउँदै महानिरीक्षक कुँवरले सरोकारवाला निकायहरूले पनि यसमा भूमिका निर्वाह गर्नुपर्ने बताए ।  पर्यटकीय प्रहरीको क्षमता वृद्धि गर्न जरुरी रहेको पनि उनले बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार