काठमाडौं, माघ १२ :

काठमाडौं, ललितपुर, कास्की, रामेछाप, उदयपुर र झापाका छुट्टछुट्टै स्थानमा गरी ६ जना व्यक्ति मृत भेटिएका छन् । प्रहरीका अनुसार विभिन्न अवस्थामा मृतकहरु भेटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यसै क्रममा काठमाडौंको गोकर्णेश्‍वर नगरपालिका ४, गोकर्णस्थित खाली चौरमा परिचय नखुलेका अन्दाजी २६ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

ललितपुरको महांकाल गाउँपालिका ४, बागभैरव बस्ने ३७ वर्षीय मनुराज वाइवा सोही गाउँपालिका बागभैरव डाँडास्थित सडकमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै कास्कीको पोखरा महानगरपालिका ६, बसुन्धारा पार्कभित्र सोही महानगरपालिका १५, ठुली मजुवा घर भएका ३२ वर्षीय कृष्ण बानिया शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

रामेछापको गोकुलगंगा गाउँपालिका ३, बाबरे बस्ने ८४ वर्षीया लीलाकुमारी सुनुवार आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यसैगरी उदयपुरको ताप्ली गाउँपालिका २, धारापानी बस्ने ५३ वर्षीया रामकुमारी राई सोही गाउँपालिका २ स्थित नारीमाला जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

झापाको मेचीनगर नगरपालिका ७, पाथिभरा टोल बस्ने ४६ वर्षीय जीवनराज पाण्डे आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।