काठमाडौँ, माघ १२ :
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ ।
बैठक आज बिहान ११ बजे काठमाडौँको धुम्बाराहीस्थित एक होटलमा बस्नेछ ।
बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । साथै पार्टीका आगामी रणनीति, प्रतिपक्षको भूमिका र प्रतिपक्ष दलहरूसँगको सहकार्य लगायतका विषयमा छलफल हुने राप्रपा प्रचार विभागले जनाएको छ ।
केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाहरूमाथि छलफल गर्न बिहीबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
तिहारमा पटकाजन्य पदार्थको प्रयोग नगर्न प्रहरीको अनुरोध
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन