मुलुकमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गरेका सहिदहरुको सम्झनामा आजदेखि सहिद सप्ताह सुरु भएको छ ।
काठमाडौँ महानगरपालिकाको समन्वयमा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म अमर सहिदलाई स्मरण गरी सहिद सप्ताह मनाउने गरिन्छ ।
सहिद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिइएको टेकुस्थित उनको सालिकमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोललगायत महानगरपालिकाका पदाधिकारी एवं स्थानीयले माल्यार्पण साथ श्रद्धाञ्जली अर्पण गरेका छन् ।
वि.सं. १९५० मा बनारसमा जन्मिएका शुक्रराज शास्त्री धार्मिक गतिविधिमार्फत जहानिया शासनविरुद्ध जागरण अभियानमा सक्रिय थिए । उनलाई काठमाडौँको इन्द्रचोकबाट पक्राउ गरी जेलमा राखिएको थियो । राणा सरकारले उनलाई १९९७ माघ १० गते टेकु पचलीस्थित खरीबोटमा झुन्ड्याएर मृत्युदण्ड दिएको थियो ।
शास्त्रीको श्रद्धाञ्जलीसभा भएको उक्त स्थानलाई २०३५ मा तत्कालीन काठमाडौँ नगर पञ्चायतले शिलालेख राखी संरक्षण गरेको हो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
सरकारलाई रवि लामिछानेको सुझाव : अपरिपक्वताको प्रश्न उठ्ने काम नगर्नू
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै