बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद फुटबल

काँग्रेस सभापति कप फुटबल प्रतियोगिता आजदेखि, विजेताले पाउनेछ २६ लाख पुरस्कार 

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ११ माघ, २०८१ मा प्रकाशित
काँग्रेस सभापति कप फुटबल प्रतियोगिता आजदेखि, विजेताले पाउनेछ २६ लाख पुरस्कार 
काठमाडौँ, माघ ११ :

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा सभापति कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।
    
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उद्‌घाटन खेलमा चर्च ब्वाइज र सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

नकआउट चरणमा हुने उक्त प्रतियोगितामा विभिन्न आठ टिमको सहभागिता रहनेछ । उक्त प्रतियोगितामा सहभागी टिमले तयारी राम्रो भएको बताएका छन् ।

उक्त प्रतियोगिताको खेल हेर्न आउने दर्शकका लागि भिआइपी प्याराफिटतर्फ तीन सय र साधारणतर्फ एक सय टिकट मूल्य निर्धारण आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले २६ लाख पुरस्कार पाउनेछ भने उपविजेता टोलीले १३ लाख  प्राप्त गर्नेछ ।

यसैगरी हरेक खेलमा म्याच फि का रूपमा प्रत्येक टिमले ५० हजार पाउनेछन् भने प्लेयर अफ दी म्याचलाई १५ हजार प्रदान गरिनेछ ।

सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलकिपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार र उदीयमान खेलाडीलाई २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार