
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई प्रवर्द्धन गर्ने सम्बन्धमा ठूलो घोषणा गरेका छन् ।
ट्रम्पले यसका लागि ५०० अर्ब डलरको लगानी गरिने र यसले एक लाख नयाँ रोजगारी पनि सिर्जना गर्ने बताएका छन् ।
यो लगानी आगामी पाँच वर्षमा ओरेकल, ओपन एआई र सफ्ट बैंकजस्ता ठूला प्रविधि कम्पनीहरूले गर्नेछन् ।
यसका लागि ट्रम्पले नयाँ अमेरिकी एआई कम्पनी ‘स्टारगेट’ स्थापना गर्ने घोषणा गरेका छन् ।
ओरेकलका वरिष्ठ अधिकारी एलिसनले टेक्सासमा डाटा सेन्टर निर्माण गर्ने काम पहिले नै भइरहेको बताएका छन्, जहाँ १० वटा भवन निर्माणाधीन छन् । यसलाई बढाएर २० पुर्याइनेछ ।
यसका साथै ओपन एआई कम्पनीका प्रमुख अल्टम्यानले दाबी गरे, ‘यो यस युगको सबैभन्दा महत्त्वपूर्ण परियोजना हो र यो ट्रम्पविना हुन सक्दैनथ्यो ।’
यसैबीच सफ्टबैंक कम्पनीका मासायोशी सनले ट्रम्पका शब्दहरू दोहोर्याए र भने, ‘यो अमेरिकाको स्वर्ण युगको सुरुवात हो ।’
यो पनि…
४७औं राष्ट्रपतिको शपथपछि ट्रम्पले भने- अमेरिकाको स्वर्ण युग सुरु
पेरिस सम्झौताबाट अलग हुने ट्रम्पको घोषणाले जलवायु संकट समाधानमा असर