बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार अर्थतन्त्र

सरकारको मिलेमतोमा सिमेन्ट उद्योगीहरुले मूल्य दोब्बर बढाए : सांसद श्रेष्ठ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ९ माघ, २०८१ मा प्रकाशित
सरकारको मिलेमतोमा सिमेन्ट उद्योगीहरुले मूल्य दोब्बर बढाए : सांसद श्रेष्ठ
काठमाडौं, माघ ९ :

नेकपा (एकीकृत समाजवादी)का सांसद कृष्णकुमार श्रेष्ठले सरकारको समेत मिलेमतोमा सिमेन्ट उद्योगीहरुले सिमेन्टमा दोब्बर मूल्य बढाएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज(मंगलबार) को बैठकमा सांसद श्रेष्ठले यस्तो बताएका हुन् । 

उनले ट्रंकलाइन र डेडिकेटेड लाइनको विद्युत् महसुल बुझाउन सरकारसँगको मिलेमतोमा बोरामा दोब्बर मूल्यवृद्धि गरेर उपभोक्तालाई मारमा पारेको उद्योगीहरुले बताए ।

उनले सिमेन्ट उद्योगीहरुले काट्रेलिङ गरेर ४५० रुपैयाँ बोरा रहेको सिमेन्ट अहिले ८५० सम्म पुर्‍याएको उल्लेख गरे । उनले सिमेन्टको मूल्य नियन्त्रणको लागि समितिले आवश्यक निर्देशन दिन आवश्यक रहेको बताए ।

नेपाली कांग्रेसका सांसद रमेश रिजालले सामाजिक सञ्जालमा विज्ञापन गरेको आधारमा व्यापार गर्न पाउने गरी विद्युत व्यापार विधेयक ल्याउन नहुने बताए । उनले विद्युत विधेयकमा अनलाइन व्यापार गर्नको लागि व्यवसायीले अनलाइन पोटल दर्ता गरेको हुनुपर्ने बताए । उनले अरुले दर्ता गरेको फेसबुक,टिकटक लगायत सामाजिक सञ्जालमा राखेर अनलाइन व्यापार गर्न नपाउने व्यवस्था गर्न आवश्यक रहेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले विद्युत व्यापार विधेयक साना तथा मझौला व्यवसायीहरुलाई जोगाउने गरी ल्याउनुपर्नेमा जोड दिए । उनले साना र मझौला व्यवसायीहरुलाई जोगाउन सकिन भने सिन्डिकेट कायम रहने बताए ।

उनले सिमेन्टको मूल्य वृद्धि नियन्त्रणको लागि तत्काल समितिले निर्देशन दिनुपर्ने बताए । उनले उद्योगी व्यवसायीहरुले उपभोक्ताहरुलाई ठगी गर्ने काम गरेको बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार