काठमाडौँ, साउन ३० :
मंगलबार सुनको मूल्यले हालसम्मको रेकर्ड तोडेको छ । आज सुनको मूल्य तोलामा १ लाख ५० हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि सुनको मूल्य १ लाख ५० हजार रुपैयाँ सम्म कायम भएको थियो ।
हिजो तोलामा १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको सुनको मूल्य एकै दिन २१ सय रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको हो ।
यस्तै मंगलबार चाँदी तोलाको १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’