
रुस र युक्रेनबीच लगभग ३ वर्षदेखि युद्ध चलिरहेको छ । गेट्टी इमेज
डोनाल्ड ट्रम्पले राष्ट्रपति बनेपछि पहिलो दिन नै रुस-युक्रेन युद्ध रोक्ने कुरा गरेको आफ्नो पुरानो दाबीको जवाफ दिएका छन् ।
राष्ट्रपति कार्यालयमा पत्रकारहरूले ट्रम्पलाई यस विषयमा प्रश्न गर्दा उनले भने, ‘आधा दिन मात्र बित्यो । मसँग अझै आधा दिन बाँकी छ । के हुन्छ हेर्नेछौं ।’
४७औं राष्ट्रपतिको शपथपछि ट्रम्पले भने- अमेरिकाको स्वर्ण युग सुरु
‘म बुझ्छु कि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की युद्ध अन्त्य गर्न रूससँग सम्झौता गर्न चाहन्छन्,’ ट्रम्पले पत्रकारहरूलाई भने ।
उनले यो युद्ध समाप्तीले जेलेन्स्कीलाई पनि राम्रो हुने प्रतिक्रिया दिए । ‘धेरैजसो मानिसहरूले रुस-युक्रेन युद्ध एक सातामा समाप्त हुनेछ भन्ने सोचेका थिए । मलाई विश्वास छ कि यो युद्ध समाप्त भए जेलेन्स्कीका लागि धेरै राम्रो हुनेछ,’ ट्रम्पले भने । -बीबीसी