बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

शिक्षा मन्त्रालय र सेरिडबीच सम्झौता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ८ माघ, २०८१ मा प्रकाशित
शिक्षा मन्त्रालय र सेरिडबीच सम्झौता
काठमाडौं, माघ ८ :

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) बीच दुईपक्षीय सम्झौता भएको छ ।  

मन्त्रालयअन्तर्गका विभिन्न विभागीय निकाय अथवा जिल्लास्थित कार्यालयहरुबाट स्वीकृत विभिन्न अध्ययन-अनुसन्धान, नीति तथा योजना मस्यौदा, पाठ्यक्रम मूल्यांकन, विद्यार्थी सिकाइ उपलब्धि परीक्षण, विद्यालयको कार्यसम्पादन परीक्षण, उच्चस्तरीय सेमिनार गोष्ठी व्यवस्थापनलगायत क्षेत्रमा सहकार्य गर्नका लागि मन्त्रालय र सेरिडबीच सम्झौता भएको  उपप्राध्यापक डा. देवराज आचार्यले जनाए ।

यसैगरी उनका अनुसार आवश्यकता र औचित्यका आधारमा सेरिडसँग उपलब्ध प्राज्ञिक एवं विज्ञस्रोत हासिल गर्न तथा परिचालन गर्न सहकार्य एवं साझेदारीको स्थापित अभ्यासलाई कानुनसम्मत र औपचारिक संयन्त्रको स्वरूप प्रदान गर्ने उद्देश्यले दुई निकाय बीचको समझदारी-पत्र सोमबार आदानप्रदान गरिएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार