बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

सहिद सप्ताह माघ १० गते बाट, यस्तो छ तयारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ७ माघ, २०८१ मा प्रकाशित
सहिद सप्ताह माघ १० गते बाट, यस्तो छ तयारी
काठमाडौं, माघ ७ :

यस वर्षको सहिद सप्ताह कार्यक्रम  माघ १० गते बिहीबारबाट सुरु हुने भएको छ ।

नागरिक स्वतन्त्रताका लागि यसरी सहादत प्राप्त गर्ने ज्ञात अज्ञात सहिदहरुको सम्झनामा हरेक बर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई सहिद सप्ताहका रुपमा मनाइदै आएको छ ।  

सुशासन समितिका संयोजक ख्यामराज तिवारीको अध्यक्षतामा आज (आइतबार) बसेको बैठकले १९९७ सालमा मृत्यु दण्ड पाएका सहिदहरुले सहादत प्राप्त गरेको दिन र स्थानमा श्रद्धाञ्जली सभा गर्ने तथा १६ गते लैनचौर सहिद स्मारक पार्कमा  ज्ञात अज्ञात सबै सहिदहरुको सम्झनामा स्मृति सभा गर्ने निर्णय भएको हो ।

१९९७ मा प्राणदण्ड पाएका ४ जना सहिदले माफी मागेर शाशकसामु झुक्नुभन्दा प्रजातन्त्रकालागि ज्यान सजाय स्वीकार गरेका थिए ।  राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनका क्रममा उनीहरुले ज्यान गुमाएका थिए ।  वि. सं. २०१२ सालदेखि विद्यमान महानगरको संयोजकत्व गठित समितिले सहिद सप्ताहका कार्यक्रम आयोजना गर्दै आएको छ ।

बैठकमा नेपाली सेना समारोह सञ्चालन निर्देशनालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालयका अधिकारी सहभागी थिए ।  

सहिद सप्ताहको पहिलो दिन माघ १० गते टेकु मचली, १३ गते सिफल उकालो र १५ गते शोभा भगवतीमा कार्यक्रम हुनेछ । 

यस्तै माघ १६ गते शान्ति बाटिकाबाट प्रभात फेरी गर्दै लैनचौरमा पुगेर सहिद स्तम्भमा सभा हुनेछ । त्यस अवसरमा प्रधानमन्त्री, मन्त्रीसहित विशिष्ट व्यक्तिहरु स्मृति सभाका लागि भेला हुनेछन् ।

वि. सं. १९९७ साल माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमसेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी ५ जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार