बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

नेपालका विपिन जोशी पहिलो चरणमा नछुट्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ७ माघ, २०८१ मा प्रकाशित
नेपालका विपिन जोशी पहिलो चरणमा नछुट्ने
काठमाडौं, माघ ७ :

प्यालेस्टाइनी विद्रोही समूह हमासले पहिलो चरणमा रिहा हुनेको सूची सार्वजनिक गरेको छ । 

हमासले युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सूची सार्वजनिक गरेको हो । हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशी भने पहिलो चरणको सूचीमा परेका छैनन् । उनलाई सकेसम्म पहिलो चरणमा नै रिहा गराउने प्रयास भएको थियो । अब उनी दोस्राे चरणमा छुट्ने विश्वास गरिएको छ ।

हमासले सन् २०२३ अक्टुबर ७ मा दक्षिणी इजरालमा गरेको आक्रमण विपिनसहित २५१ जनालाई बन्धक बनाएर राखेको छ । विपिनको रिहाइका लागि वर्तमान सरकारका परराष्ट्रमन्त्री आरजु राणाले चासो राख्दै विभिन्न देशका कूटनीतिक प्रमुखसँग छलफल गर्दै आएकी छन् ।

तीमध्ये नेपालका विपिनका साथै तान्जानियाका १, थाइल्यान्डका ८ र इजरायलका ८४ सहित ९४ जना अझै हमासको नियन्त्रणमा छन् । हमासको नियन्त्रणमा रहेकामध्ये ६० जना जीवित छन् । युद्धविराम सम्झौता लागु भएसँगै हमासले ३३ जनाको सूचीबाट तीन जनालाई रिहा गर्ने गर्दै छ । 

यो पनि…

हमासद्वारा रिहा हुनेको नाम सार्वजनिक, पहिलो चरणमा विपिन जोशी परेनन्
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार