काठमाडौं, माघ ७ :
प्यालेस्टाइनी विद्रोही समूह हमासले पहिलो चरणमा रिहा हुने तीन जनाको नाम सार्वजनिक गरेको छ ।
हमासले इजरायलसँगको युद्धविरामका क्रममा पहिलो चरणमा रिहा गर्ने भनिएका तीन महिला बन्धकको नाम सार्वजनिक गरेको हो ।
उनीहरू इजरायलका रोमी गोनेन, एमिली दमारी र डोरोन स्टेनब्रेचर हुन् । हमासले रिहा हुने बन्धकहरूको सूचीमा नेपालका विपिन जोशीको नाम पनि समावेश हुने आशा गरिएको छ ।
तीन महिलामा एकजना ३१ वर्षकी भेटनरी नर्स, सुपरनोभा फेस्टिभलका क्रममा बन्धक बनाइएकी २४ वर्षकी युवती र ब्रिटिस इजरेली दोहोरो नागरिकता रहेकी २८ वर्षकी युवती रहेको जनाइएको छ ।
गाजामा युद्धविराम सम्झौताको पहिलो चरण आइतबारबाट सुरु भएको हो । त्यहाँ १५ महिनापछि जारी युद्ध अन्त्य भएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’