बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

एथेन्स नजिकैको जंगलमा भीषण आगलागी, इयूसँग सहयोगको याचना

· मंगलबार, ३० साउन, २०८१ मा प्रकाशित
Greece Fire
साउन ३० :

ग्रिसको राजधानी एथेन्सको जंगलमा लागेको लागोबाट एक जनाको मृत्यु भएको छ। 

आगोलागीबाट हजारौँ मानिस विस्थापित भएका छन ।

एथेन्सको उत्तरपूर्वी उपनगरहरूमा ठूलो जङ्गलमा लागेको आगोलाई निभाउन अग्निनियन्त्रकहरूले सङघर्ष गरिरहेका छन् । आगलागीले हजारौँ बासिन्दालाई आफ्नो घर छोड्न बाध्य बनाएको छ । ग्रिक सरकारले अन्तर्राष्ट्रिय सहयोगको लागि अपिल गरेको छ ।

 ग्रिक राजधानीमा यस्तो दृश्य कहिल्यै देखिएको थिएन । टेलिभिजन फुटेजले निया पेन्टेली र व्रिलिसियामा धेरै कार आगोले जलेको र घरका छानाहरू जलेको देखाएको छ ।
 
    “एउटा विद्यालय र घरहरूमा आगो लागेको छ र म टाउन हलतिर आगो आइरहेको देख्न सक्छु”, पेन्टेलीका मेयर नतासा कोस्मोपौलोले भन्नुभयो, “स्थिति नाटकीय छ ।”

    ग्रिसले  औपचारिकरूपमा युरोपेली सङ्घ (इयु) सँग सहायताका लागि आह्वान गरेको एक प्रवक्ताले बताए । 

    इयुका प्रवक्ता बालाज उज्वारीले विज्ञप्तिमा भन्नुभयो, “ग्रिक अधिकारीहरूको अनुरोधमा इयुका नागरिक सुरक्षा संयन्त्रलाई सक्रिय बनाइएको थियो ।” उहाँले इटाली, फ्रान्स, चेक गणतन्त्र र रोमानियाले मद्दतका लागि युनिटहरू पठाएको जानकारी दिनुभयो । 

    फ्रान्सेली गृहमन्त्री गेराल्ड डार्मानिनले पेरिसले आफ्ना कठिन दबाबमा परेका ग्रिक सहकर्मीहरूलाई सहयोग गर्न एक सय ८० अग्निनियन्त्रक, ५५ ट्रक र एउटा हेलिकप्टर पठाएको बताउनुभयो ।

    एथेन्सबाट करिब ३५ किलोमिटर उत्तरपूर्वमा रहेको वार्नभास सहरमा आइतबार दिउँसो डढेलो सुरु भएको थियो । हावाको तीव्रतासँगे आगो ३० किलोमिटरसम्म फैलिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार