बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
विदेश

भारतको तमिलनाडुमा साँढे जुधाईका क्रममा ७ जनाको मृत्यु, ४ सय घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ५ माघ, २०८१ मा प्रकाशित
भारतको तमिलनाडुमा साँढे जुधाईका क्रममा ७ जनाको मृत्यु, ४ सय घाइते
तमिलनाडु, माघ ५ :

दक्षिणी भारतमा ‘बुल फाईट’ अर्थात् साँढे जुधाई प्रतियोगिता क्रममा कम्तीमा सात व्यक्तिहरू मारिएका र अन्य ४ सय भन्दा बढी घाइते भएका छन् ।

दक्षिण भारतको तमिलनाडु राज्यका विभिन्न भागमा आयोजित कार्यक्रममा बिहीबार मृत्यु र घाइते भएका छन् ।

छुट्टाछुट्टै घटनामा दुई साँढको पनि मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । पुड्डुकोट्टाईमा एक कार्यक्रमका क्रममा साँढेको मृत्यु भएको छ भने शिवगङ्गाई जिल्लाको सिरावयाल गाउँमा साँढे लखेट्ने क्रममा एक साँढे मालिक र उनको साँढेको मृत्यु भएको छ ।

अधिकारीहरूले अधिकांश मृत्यु र घाइतेहरू मैदानबाहिर भएको बताएका छन् । साँढे मालिकहरूले सामान्यतया ठूलो भीडको उपस्थितिमा दौड पछि आफ्नो साँढेहरू सङ्कलन गर्छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार