बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
विदेश

भारतले अन्तरिक्षमा दुईवटा यान जोडेर राख्यो नयाँ कीर्तिमान

· बिहीबार, ४ माघ, २०८१ मा प्रकाशित
भारतले अन्तरिक्षमा दुईवटा यान जोडेर राख्यो नयाँ कीर्तिमान
नयाँ दिल्ली, माघ ४ :

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले बिहीबार सफलतापूर्वक आफ्नो स्पाडेक्स उपग्रहहरू एसडिएक्स ०१ (चेजर) र एसडिएक्स०२ (लक्ष्य) अन्तरिक्षमा डक गरेको छ । स्पेस डकिङ भनेको अन्तरिक्षमा दुईवटा अन्तरिक्ष यान जोड्नु हो ।

डकिङ प्रक्रिया हालका हप्ताहरूमा कम्तिमा दुई पटक ढिलाइ भएको र अन्ततः बिहीबारको लागि निर्धारित गरिएको थियो ।

अन्तरिक्ष एजेन्सीका अनुसार डकिङपछि दुईवटा उपग्रहलाई एउटै वस्तुको रूपमा नियन्त्रण गर्न सफल भएको र आगामी दिनमा अनलकिङ र पावर ट्रान्सफरबारे अनुसन्धान गरिने छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्वीटरमा एक पोस्टमार्फत देशका वैज्ञानिकहरूलाई उपलब्धि हासिल गरेकोमा बधाई दिँदै भनेका छन्,“आगामी वर्षहरूमा भारतको महत्वाकांक्षी अन्तरिक्ष अभियानका लागि यो महत्त्वपूर्ण कदम हो ।”

रुस, अमेरिका र चीनपछि स्पेस डकिङ हासिल गर्ने भारत चौथो देश बनेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार