बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

कहाँ छन् छवि ? काठमाडौं अदालतमा अझै भएनन् उपस्थित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ४ माघ, २०८१ मा प्रकाशित
कहाँ छन् छवि ? काठमाडौं अदालतमा अझै भएनन् उपस्थित
काठमाडौं, माघ ४ :

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणको मुद्दामा पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी अझैसम्म पनि काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छैनन् । 

उनीसँगै कास्की प्रहरीको हिरासतबाट छुटेका पूर्वगृहमन्त्री रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएर पनि धरौटीमा रिहा भईसकेका छन् ।

पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा धरौटीमा छाड्न आदेश भएलगत्तै हाजिर भएर पूर्वगृहमन्त्री रवि लामिछाने छुटिसकेका छन् ।

लामिछाने स्वर्णलक्ष्मी सहकारी प्रकरणमा बुधबार ६० लाख रुपैयाँ धरौटी (बैंक ग्यारेन्टी) मा छुटेका हुन् । लामिछानेले जस्तै जोशीलाई पनि बाहिरै रहेर मुद्दा लड्ने सुविधा पाएका छन्। 

यस्तो सुविधा पाएका ब्यक्तिले अदालतलाई वेवास्था गर्दा नै प्रतिवादीलाई थुनामै राख्नु पर्ने परिस्थिति निर्माण हुने गरेको छ ।उनी अझै पनि पोखरामै रहेको बुझिन्छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार