बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार विदेश

घण्टौं लामो गतिरोधपछि दक्षिण कोरियाली राष्ट्रपति पक्राउ

· बुधबार, ३ माघ, २०८१ मा प्रकाशित
घण्टौं लामो गतिरोधपछि दक्षिण कोरियाली राष्ट्रपति पक्राउ
काठमाण्डौं, माघ ३ :

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई  सियोलस्थित उनकै निवासबाट पक्राउ गरिएको छ । 

दक्षिण कोरियाली अनुसन्धानकर्ताले आज बिहान उनलाई पक्राउ गरेका हुन् ।अहिले  भ्रष्टाचार अनुसन्धान कार्यालय सीआईओमा उनीसंग सोधपुछ भईरहेको समाचार छ ।  

गत डिसेम्बरमा सैनिक शासन लागू गर्ने अल्पकालीन प्रयासपछि विद्रोहको अभियोगमा युनमाथि अनुसन्धान भइरहेको छ ।

अधिकारीहरू र उनका सुरक्षा कर्मचारीहरू र समर्थकहरू बीच एक घण्टा लामो गतिरोधपछि आज  गिरफ्तारी गरिएको हो। युन हप्तौंदेखि आफ्नै निवासमा थिए ।

अनुसन्धानकर्ताहरूले यसै महिनाको सुरुमा पनि उनलाई पक्राउ गर्ने प्रयास गरेका थिए  तर असफल भएका थिए ।

उनलाई पदबाट हटाउने कि नहटाउने भन्ने निर्णय गर्ने युनको महाभियोगको सुनुवाइ हिजोबाट सुरु भएको छ ।  तर उनको अनुपस्थितिका कारण चार मिनेटमै टुंगिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार