बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश मधेस प्रदेश

मिथिलाञ्चलमा धुमधामसँग आज तिला सङ्क्रान्ति पर्व मनाइँदै

· मंगलबार, २ माघ, २०८१ मा प्रकाशित
मिथिलाञ्चलमा धुमधामसँग आज तिला सङ्क्रान्ति पर्व मनाइँदै
महोत्तरी, माघ २ :

मिथिलाञ्चल क्षेत्रमा आज तिला सङ्क्रान्ति (माघेसङ्क्रान्ति) पर्व मनाइँदैछ ।
    
आज बिहानैदेखि तिला सङ्क्रान्ति पर्व मिथिलाञ्चलका प्रत्येक गाउँ, सहरका घरघरमा धुमधामसँग मनाइने जलेश्वर नगरपालिका- ५ का संस्कृतिविद् ध्रुव राउतले बताए । 
    
प्रत्येक वर्ष माघ १ गतेका दिन यस क्षेत्रका प्रत्येक सदस्यले चिउरा, भुजा र तिलमा सख्खर हालेर बनाइएको लड्डु खाने चलन छ भने खिचडी र दही, चिउराको भोजन गर्ने चलन रहेको जलेश्वर- १ स्थित बाबा जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकले बताए । 

मिथिला क्षेत्रमा अनादीकालदेखि माघ १ गतेको बिहान घरका सदस्य जागेर नित्यक्रमपछि नुहाउने र सोही बेलादेखि चिउरा, भुजा र तिलमा सख्खर हालेर बनाइएको लड्डु खाने चलन रहेकाले बिहानैदेखि सम्पूर्ण मिथिलाञ्चलभरि तिला सङ्क्रान्ति मनाउन थालिएको जलेश्वर- ८ का पण्डित बद्रीनारायण झाले बताए ।

घरका गृहिणीले केहीदिन अघिदेखि तिल, चिउरा र भुजाको लड्डु बनाउने चलन रहेको छ । महिलाको समूहले एकले अर्कोलाई सहयोग गर्दै टोलभरिका घरमा गएर चिउरा, भुजा र तिलमा सख्खर हालेर लड्डु बनाइदिने चलन छ, सोही कारण यसलाई आपसी मेलमिलापको पर्व पनि भन्ने गरिन्छ ।

घरका ज्येष्ठ सदस्यले अरबा चामल, तिल र सख्खर मिसाएर प्रसाद बनाई कुल देवतालाई चढाउने र पछि सोही सामग्रीबाट घरका सबै सदस्यलाई प्रसाद दिँदै (हमर तिल बहवे) अर्थात् ‘मेरो आउँदो दिनमा मलाई साथ दिन्छौँ, मैले भनेको गर्छौं’ भन्ने चलन रहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार