बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा #गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा
कर्पोरेट

नागरिक लगानी कोषले १३ प्रतिशत बोनस र लाभांश दिने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १ माघ, २०८१ मा प्रकाशित
नागरिक लगानी कोषले १३ प्रतिशत बोनस र लाभांश दिने
काठमाडौं, माघ १ :

नागरिक लगानी कोषको ३०औं वार्षिक साधारणसभा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को आम्दानी बाँडफाँड हिसाब विवरणमा छुट्याएको प्रस्तावित सात प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) स्वीकृत गरेको हो ।

त्यसैगरी आव ०८०/८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित भएको छ । योसँगै लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको हो । सभामा कोष सञ्चालक समितिका अध्यक्ष थापाले कोषको कार्यक्रमहरूको थप प्रवर्धन गरी स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई कोषको कार्यक्रममा समावेश गर्दै लगिने बताए ।

कोषले पुँजी बजारमा समेत नेतृत्वदायी भूमिका खेलिरहेकामा सो कार्य आगामी दिनमा थप प्रभावकारी ढंगले बढाइने उनको भनाइ छ । संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) गरी मानव संसाधन विकासलाई प्राथमिकतामा राखिनेसमेत उनले बताए ।

थापाले कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवं चुनौतीहरुलाई समाधान गरी लगानी व्यवस्थापन प्रभावकारी रूपमा बढाइरहेको धारणा राखे । साधारणसभामा सेयरधनीहरुबाट उठाइएका जिज्ञासाबारे अध्यक्ष थापा र कोषका कार्यकारी निर्देशकले जवाफ दिएका थिए ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषको वस्तुस्थितिबारे बताउँदै सेयरधनीहरुबाट उठाइएका जिज्ञासा तथा सुझावबारे विस्तृत रुपमा जानकारी गराए । कोषले सूचना प्रविधिलाई थप चुस्त बनाउनेतर्फ काम गरिरहेको बताउँदै कृत्रिम बौद्धिकता (एआई) को प्रयोग सम्बन्धमा सम्भाव्यता अध्ययन गरिरहेको उनले बताए ।

हाल आर्थिक तथा वित्तीय क्षेत्रमा शिथिलता देखिएको अवस्थामा समेत कोषले सेयरधनीलाई तुलनात्मक रूपमा राम्रो लाभांश दिन कोष सफल भएको कार्यकारी निर्देशक कार्कीले बताए । साधारणसभामा प्रस्तुत विवरणअनुसार आर्थिक वर्ष ०८०/८१ को असोज मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । उक्त अवधिमा कोषले २ खर्ब ५० अर्ब रुपैयाँ लगानी गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार