बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

कलुवापुर खानेपानी आयोजना सञ्चालनमा आयो

· आइतबार, २९ पुस, २०८१ मा प्रकाशित
कलुवापुर खानेपानी आयोजना सञ्चालनमा आयो
कञ्चनपुर, पुस २९ :

शुक्लाफाँटा नगरपालिका- ११ का बासिन्दालाई सहज खानेपानी उपलब्ध गराउन पाँच करोडको लागतमा कलुवापुर खानेपानी आयोजना सञ्चालनमा आएको छ ।

आयोजना अन्तर्गत दुई लाख २५ हजार लिटर क्षमताको ट्याङ्की, दुईवटा डिप ट्युबेल जडान, ५० किलोमिटर पाइप लाइन विस्तार  गरिएको छ । 

उपभोक्तालाई चौबीसै घण्टा दैनिक पानी उपलब्ध गराउने व्यवस्था गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष विनोदकुमार दमाईले बताए ।

उनका अनुसार हालसम्म निजी पाँच सय ६५, सार्वजनिक तीनवटा धारा जडान गरिएको छ । आठ कठ्ठा क्षेत्रमा पक्की पर्खाल सहितको आयोजनाको कार्यालय भवन निर्माण गरिएको छ ।

पानी प्रशोधनका लागि संयन्त्र निर्माण, भल्व च्याम्बर २७ वटा, मेन भल्व च्यामबर एक र पानी परीक्षण गर्ने मेसिन एक राखिएका छन । आयोजनाको रेखदेख र सञ्चालनका लागि तीन जना कर्मचारीको व्यवस्था गरिएको छ ।
 
समितिले धारा जडानका लागि दुई हजार शुल्क लिने गरेको छ । पानीको महसुलदर १० युनिटसम्म खपत गर्ने ग्राहकबाट एक सय शुल्क लिने गरिएको समितिका कोषाध्यक्ष टेकबहादुर भण्डारीले बताए ।

विद्युत् अभाव भएका बेला पानी निरन्तर उपलब्ध गराउन भने कठिनाइ  हुने भन्दै सोलार तथा जेनेरेटरको व्यवस्थाका लागि अनुदानमा उपलब्ध गराउने दातृ निकायको खोजीमा रहेको उनले बताए ।

वडामा एक हजार सात सय परिवार रहेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार