भारतीय नौसेना र एनडीआरएफका गोताखोरहरूले शनिबार असमको दिमा हासाओ जिल्लाको एक साँघुरो कोइला खानीबाट ३ कामदारको शव निकालेका छन् ।
दुई दिनअघि उद्धार टोलीले यही खानीबाट एक नेपाली कामदारको शव पनि निकालेको थियो ।
असम सरकारको जनसम्पर्क विभागले शनिबार एक विज्ञप्ति जारी गर्दै यी तीन शव फेला परेको पुष्टि गरेको छ ।
विज्ञप्तिमा भनिएको छ कि शनिबार बिहान सेना र एनडीआरएफका गोताखोरहरू खानीभित्र पस्दा बिहान साढे ७ बजेतिर एक कामदारको शव फेला परेको थियो ।
त्यसपछि, दिनभरि फरक-फरक समयमा खानीभित्र गरिएको खोजीका क्रममा, थप दुई कामदारको शव फेला पर्यो ।
एनडीआरएफका डेपुटी कमान्डर एनके तिवारीले भने कि अहिलेसम्म खानीबाट जम्मा चार कामदारको शव निकालिएको छ ।
खानीबाट पानी निकाल्ने काम तीव्र गतिमा भइरहेको छ । हाल खानीमा १२ मिटरको उचाइसम्म पानी छ । यसलाई बाहिर निकाल्न पाँचवटा भारी पानी पम्पहरू जडान गरिएको छ ।
वास्तवमा, जनवरी ६ मा बाढीका कारण दिमा हासाओ जिल्लामा रहेको कोइला खानीभित्र धेरै कामदारहरू फसेका थिए । -बीबीसी
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
सरकारलाई रवि लामिछानेको सुझाव : अपरिपक्वताको प्रश्न उठ्ने काम नगर्नू
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै