बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा #गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा
समाचार बागमती प्रदेश

मनहरीमा स्कार्पियो र कार ठोक्किँदा चालकको मृत्यु,१३ जना घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २८ पुस, २०८१ मा प्रकाशित
मनहरीमा स्कार्पियो र कार ठोक्किँदा चालकको मृत्यु,१३ जना घाइते
मकवानपुर, पुस २८ :

मकवानपुरको मनहरीमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छभने १३ जना घाइते भएका छन् । आज दिउँसो स्कार्पियो र कार एकापसमा ठोक्किँदा कार चालक हेटौँडा–४ स्कुलरोड बस्ने ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२५० नंको स्कार्पियो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नंको कार पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी–६ मा ठोक्किँदा दुर्घटना भएको थियो ।

 कारमा सवार तीन र स्कार्पियोमा सवार १० जना गम्भीर घाइते भएका जनाउँदै प्रहरी प्रवक्ता अर्यालले घाइते अधिकांशको हात, खुट्टा र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको बताए । स्कार्पियो चालकको पहिचान खुल्न नसकेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको अवस्था गम्भीर रहेकाले उपचारका लागि एलाइभ अस्पताल भरतपुर पठाइएको अर्यालले बताए।रासस

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार