बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार विदेश

लस एन्जलसको आगलागीमा परी ११ जनाको मृत्यु, आगो निभाउन पानीको अभाव

· शनिबार, २८ पुस, २०८१ मा प्रकाशित
लस एन्जलसको आगलागीमा परी ११ जनाको मृत्यु, आगो निभाउन पानीको अभाव
काठमाण्डौं, पुस २८ :

अमेरिकाको लस एन्जलसमा आगलागीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । आगोलागीले  १० हजारभन्दा बढी घर तथा अन्य संरचना जलेर नष्ट भएको अनुमान गरिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले लस एन्जलसलाई युद्धको दृश्य भनेर प्रतिक्रिया दिएका छन् । उनले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन् ।

तीव्र हावाको पूर्वानुमानले डढेलो अझै फैलन सक्ने डर बढाइरहेको छ ।

लस एन्जलस क्षेत्रको डढेलो निभाउन पानीको अभाव भएको बताईएको छ ।  यस बारेमा स्वतन्त्र छानबिन गर्न क्यालिफोर्नियाका गभर्नरले आह्वान गरेका छन् ।

शहर र वरपरका डढेलोका कारण तहसनहस भएका क्षेत्रहरूमा रात्रिकालीन कर्फ्यु आदेश जारि गरिएको छ ।यो नियम प्यासिफिक पालिसाडेस र ईटन क्षेत्रमा लागू गरिएको छ ।

प्रहरीले लुटपाटमा संलग्न जो कोहीलाई पनि पक्राउ गरिने चेतावनी समेत दिएको छ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार