बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा #गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा
कर्पोरेट

धोनी र एक्स्ट्रा डिटर्जेन्ट पाउडर किन्दा सुन र चाँदीका सिक्का जित्ने अवसर

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २७ पुस, २०८१ मा प्रकाशित
धोनी र एक्स्ट्रा डिटर्जेन्ट पाउडर किन्दा सुन र चाँदीका सिक्का जित्ने अवसर
काठमाडौं, पुस २७ :

हिमगिरि हाइजिन प्रालिले ग्राहकहरूलाई लक्षित गर्दै ‘लुगा चमचम, गोजी छमछम, सुन र चाँदी धमाधम’ स्किम ल्याएको छ । कम्पनीले बिक्री गर्दै आएको धोनी र एक्स्ट्रा डिटर्जेन्ट पाउडर खरिद गर्दा सुन र चाँदीका सिक्का जित्नुका साथै हात खाली नजाने योजना समावेश गरी स्किम ल्याएको हो ।

कम्पनीले उक्त स्किम सार्वजनिक गरी स्किम चलिरहेका डिटर्जेन्ट पाउडरहरू बजारमा उपलब्ध भइसकेको बताएको छ । हिमगिरि हाइजिन मार्केटिङ हेड भुवनेश प्रताप मल्लले यो स्किम १०० रुपैयाँभन्दा माथिका डिटर्जेन्ट पाउडरहरूमा मात्र लागु रहेको जानकारी दिए ।

उक्त पाउडरको खरिदमा स्किमभित्रै अन्य थुप्रै उपहारको व्यवस्था गरिएको छ । जसले डिटर्जेन्ट पाउडरका खरिदकर्तालाई नयाँ अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।  ‘स्किम लागु भएका डिटर्जेन्ट पाउडर बजारमा आइसकेका छन्, उक्त पाउडर खरिद गरी पाउडरभित्रै कुपन राखिएको छ । सो कुपनमा सिक्का परेको खण्डमा कम्पनीमा सम्पर्क गर्नुपर्ने हुन्छ,’ उनले भने ।

स्किम रहेका १०० रुपैयाँभन्दा माथिका डिटर्जेन्ट पाउडरहरू खरिद गरी कुपनमा सुन र चाँदी सिक्का परेको खण्डमा कम्पनीको सम्पर्क नम्बर ९७०५६००००० कल गर्न सकिनेछ । कल गरेपछि कम्पनीले सुन र चाँदीका सिक्का दिन सक्षम हुने मल्लले बताए ।

कम्पनीले स्किम लागु भएका प्रत्येक प्याकेजमा स्किम कार्ड राखेको हुन्छ । सो कार्डमा कुनै न कुनै उपहार समावेश भएको भएका छन् । मल्लका अनुसार डिटर्जेन्ट पाउडर किनेर सुनका साथै चाँदीका सिक्का जित्न र हात खाली नजाने गरी उपहारको व्यवस्था मिलाइएको यो कम्पनीको नयाँ योजना हो ।

सो कार्डमा एउटा किन्दा अर्को फ्री पाउडरलगायत उपहार दिइएका छन् । उक्त उपहार डिलर वा पसलबाट लिन सकिने छ । डिटर्जेन्ट पाउडरको गुणस्तर झल्काउन र यसको प्रयोगलाई बढाउन कम्पनीले ल्याएको यो स्किम लामो समयसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

नेपालमा धोनीका डिटर्जेन्ट पाउडरको मागका साथै प्रयोग बढ्दो क्रममा छ । हिमगिरि हाइजिनले नेपाली बजारमा स्यानिटेसन सामग्री साबुन, डिटरजेन्ट पाउडर र ट्वाइलेट सोपलगायत प्रडक्टहरू उत्पादन तथा बिक्री गर्दै आएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार