अमेरिकाको लस एन्जलसको रुन्यन क्यान्यन नजिकै रहेको हलिउड हिल्समा अर्को आगलागी भएको अधिकारीहरुले पुष्टि गरेका छन् ।
रुन्यन क्यान्यन र हलिउड हिल्स लस एन्जलसको सबैभन्दा प्रसिद्ध भागहरू मध्ये एक हो । सो ठाउँ प्रतिष्ठित हलिउड चिन्हको घर हो।यसअघि पालिसाडेस,इटन,हर्स्ट र वुडली गरी चार वटा डढेलो लागेको थियो जुन अहिले पनि नियन्त्रण बाहिर रहेको छ ।
आगोलागीमा परी पाँच जनाको मृत्यु भएको छ भने एक हजारभन्दा बढी संरचना जलेका छन् । १ लाख भन्दा बढी मानिसहरू ईटनको आगोबाट र ३७ हजार भन्दा बढी मानिसहरू पालिसाडेस आगोलागीका कारण भाग्न बाध्य भएका छन् ।
मंगलबार भएको पहिलो डढेलो पालिसाडेस अहिले एलएको इतिहासकै सबैभन्दा विनाशकारी भएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।
लस एन्जलसका अग्निनियन्त्रकहरूले शहर र वरपरको डढेलो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । त्यहाँ पानीको अभाव भएको समाचार छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’