काठमाडौँ, साउन २८ :
सहकारी छानबिन समितिले विभिन्न सहकारीका सञ्चालकहरूलाई बोलाएर सोधपुछ थालेको छ ।
आज सङ्घीय संसद्, प्रतिनिधि सभाअन्तर्गत् सिंहदरबारमा समितिले सुमेरु बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरूलाई बोलाएर सोधपुछ गरेको हो ।
रकम अपचलन गरेको भन्दै उजुरी परेका अन्य सहकारीका सञ्चालकहरुमाथि पनि थप सोधपुछ र अनुसन्धान गरि प्रतिवेदन तयार पार्ने समिति सदस्य ईश्वरी न्यौपानेले जानकारी दिनुभयो ।
सरकारले सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न एमाले सांसद सूर्यबहादुर थापाको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’