शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश #जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश
समाचार

तिब्बतसँग सिमाना जोडिएका जिल्लामा भूकम्पले क्षति पुर्‍याएको अनुमान, विवरण सङ्कलन गरिँदै

· मंगलबार, २४ पुस, २०८१ मा प्रकाशित
तिब्बतसँग सिमाना जोडिएका जिल्लामा भूकम्पले क्षति पुर्‍याएको अनुमान, विवरण सङ्कलन गरिँदै
सोलुखुम्बु , पुस २४ :

चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन थालिएको छ ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले अहिलेसम्म भूकम्पबाट भएको क्षतिको यकिन जानकारी आइनसकेको तर आफूहरूले बुझ्ने प्रयास गरिरहेको जानकारी दिएका छन् ।

सुरक्षा निकाय र विपद् व्यवस्थापनको टोली विवरण सङ्कलनमा सक्रिय भइसकेको र स्थानीय पालिकाका जनप्रतिनिधिसँग पनि समन्वय गरिरहेको उनले बताए ।

उनले तिब्बतको सिमाना जोडिएको जिल्लाको खुम्बु क्षेत्रमा भूकम्पले क्षति पुर्याएको अनुमान गरेको पनि बताए । 

खुम्बु पासाङल्हामु गाउँपालिका- ४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले पनि भूकम्पबाट लबुचे आसपासमा क्षति गराएको हुनसक्ने जानकारी दिए । 

टेलिफोन सम्पर्क कमजोर भएकाले विवरण सङ्कलनमा समस्या भएको उनले बताए। भूकम्पको धक्का महसुस भएपछि जिल्ला सदरमुकाम सल्लेरीवासी घरबाहिर निस्किएका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार