बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

सडक बगेपछि भोजपुर साल्पासिलिछोमा खाद्यान्न ढुवानी र आवागमन कष्टकर

· आइतबार, २८ साउन, २०८१ मा प्रकाशित
सडक बगेपछि भोजपुर साल्पासिलिछोमा खाद्यान्न ढुवानी र आवागमन कष्टकर
भोजपुर, साउन २८ :

भोजपुरको इर्खुवाखोलामा आएको बाढीले सडक बगाउँदा साल्पासिलिछो गाउँपालिकामा आवतजावतमा कठिनाइ भएको छ । 

यही साउन १६ गतेको बढीले गोथेबजारबाट नागदह हुँदै दोभाने, ओसेप्ला, खाम्दाक खण्डको २० किलोमिटर सडक विभिन्न स्थानमा बगाउँदा आवागमन  कष्टकर भएको हो ।
 
बाढीबाट पुललगायत अन्य संरचनामा पनि क्षति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिश काफ्लेले जानकारी दिनभयो । बाढीले सडक बगाउँदा खाद्यान्न ढुवानीमा समस्या भएको उहाँको बताउनुभयो । बढीबाट पाँच करोड बराबरको क्षति भएको उहाँको अनुमान छ । 

गाउँपालिकाको केन्द्र चौकीडाँडासँगै भोजपुर सदरमुकाम तथा अन्य जिल्ला आवतजावत गर्ने तीनवटै सडकका सबै नाका बन्द भएको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताउनुभयो । गाउँपालिकाको बजेटले भत्केको सडक मर्मतसम्भार तथा बगेको स्थानमा नयाँ बनाउन नसकिने उहाँको भनाइ छ ।

बाटो बनाउन १० करोड लाग्ने उहाँको अनुमान छ । क्षति भएका संरचना बनाउन केन्द्र र प्रदेश सरकारलाई गुहार्नु बाहेक अन्य विकल्प आफूहरूसँग नभएको पनि उहाँले बताउनुभयो । 

बढीले वडा नं १ गौडेनी पुलमा एक करोड ५० लाख, वडा नं ३ मा इर्खुवाखोला लघुजलविद्युत् आयोजनामा एक करोड, वडा नं ५ र ६ को दोभाने फेदी सडकमा एक करोड र भमला ढाँडगाउँ पुलमा १० लाख रुपैयाँ बराबरको क्षति भएको गाउँपालिकाले जनाएको छ । यसैगरी, वडा नं ४ मा  निर्माणाधीन याक्सा नागदह मोटरेबल पक्की पुलमा  ४० लाख रुपैयाँ बढीको क्षति भएको जनाइएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार