शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश #जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश
समाचार राजनीति

माओवादी केन्द्रीय समिति बैठकमा पूर्वउपराष्ट्रपति पुन सहभागी

· आइतबार, २२ पुस, २०८१ मा प्रकाशित
माओवादी केन्द्रीय समिति बैठकमा पूर्वउपराष्ट्रपति पुन सहभागी
पुस २२ :

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा  पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागी भएका छन् । 

उनलाई अध्यक्ष पुष्पकमल दाहालसँगै पहिलो लहरमा बस्ने व्यवस्था मिलाइएको छ । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिव अघिल्लो लहरमा बसेका छन् भने उपमहासचिवहरू पछिल्लो लहरमा छन् ।

माओवादीको केन्द्रीय समिति बैठक आज (आइतबार) बाट पार्टी कार्यालय पेरिसडाँडामा जारी छ ।

पूर्वउपराष्ट्रपति पुन यस अघि पनि पार्टी बैठकमा सहभागी भएका थिए ।

बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन पेस गर्ने र पछिल्लो राजनीतिक अवस्थाबारे ब्रिफिङ गर्ने कार्यक्रम छ ।

यसअघि आजै बिहान स्थायी कमिटी सदस्यहरूले नयाँ सङ्गठनात्मक सिद्धान्तको विकास गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार