शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश #जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश
समाचार स्वास्थ्य

विश्वभर एक अर्बभन्दा बढी मानिस दृष्टिसम्बन्धी समस्याबाट पीडित

· शनिबार, २१ पुस, २०८१ मा प्रकाशित
विश्वभर एक अर्बभन्दा बढी मानिस दृष्टिसम्बन्धी समस्याबाट पीडित
काठमाडौं, पुस २१ :

आज विश्वभर ब्रेल दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा  सन् २०१९ देखि मनाउन प्रारम्भ भएको  विश्व ब्रेल दिवसको उद्देश्य दृष्टिविहीन र आंशिक दृष्टिविहीन व्यक्तिहरूलाई मानव अधिकारको पूर्ण अनुभूतिमा सञ्चारको माध्यमको रूपमा ब्रेलको महत्त्वबारे चेतना जगाउनु हो ।

विश्व ब्रेल दिवस अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धिको धारा २ मा प्रतिबिम्बित भए अनुसार शिक्षा,अभिव्यक्ति र विचारको स्वतन्त्रताका साथै सामाजिक समावेशीकरणको सन्दर्भमा ब्रेल आवश्यक छ ।

राष्ट्रसङ्घका अनुसार विश्वभर एक अर्बभन्दा बढी मानिस दृष्टिसम्बन्धी समस्याबाट पीडित छन् । 

दृष्टि समस्याका कारण उनीहरू स्वास्थ्य सेवा,शिक्षा,रोजगारी र समुदायमा सहभागी हुने अवसरबाट वञ्चित हुने सम्भावना अधिक हुन्छ । उनीहरू गरिबी,हिंसा,बेवास्ता र दुर्व्यवहारको जोखिममा समेत रहेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार