काठमाण्डौँ , पुस २० :
‘जय ट्रफी पुरुष एलिट कप-२०८१’ का लागि नेपाल पुलिस क्लबको टोली घोषणा गरिएको छ ।
नेपाल पुलिस क्लबले आरिफ शेखको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
टोलीमा कुशल भुर्तेल, गुल्सन झा, करण केसी, ललितनारायण राजवंशी, अमित श्रेष्ठ, दिलीप नाथ, श्रवण यादव, सुनिल दौल्यान, सागर ढकाल, शङ्कर राना, अविनाश कर्ण, रासिद खान, अर्जुन साउद र दीपक सेरेला रहेका छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा यही पुस २१ देखि आगामी माघ ३ गतेसम्म चल्ने जय ट्रफी एलिट कप मधेश प्रदेशको जनकपुर र वीरगञ्जमा हुनेछ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’