बझाङको मष्टा गाउँपालिका- १ कोटदेवलमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
दुर्घटनामा मष्टा गाउँपालिका- १ रनाडाका ४२ वर्षीय धर्म थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज भण्डारीले जानकारी दिए ।
बिहीबार राति भातेखोलाबाट रनाडा जाने क्रममा सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जिप मष्टा गाउँपालिका- १ कोटदेवलमा दुर्घटना भएको उनले बताए । जिप सडकबाट करिब सय मिटर तल खसेको छ । जिपमा चालक थापा मात्रै थिए ।
गए राति नै तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आइरहेको जीप धमेना नजिक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा जीप चालक केदारस्युँ गाउँपालिका- १, रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका- ४ का ३६ वर्षीय बमबहादुर धामी, निजकी ७२ वर्षीया आमा जोगेनी देवीको घटनास्थल र उहाँकी पाँच वर्षीया छोरी आकृतिको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’