काठमाडौँ, साउन ९ : सौर्य एयरको जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनीष शाक्यको शल्यक्रिया सुरु भएको छ। सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा मेरुदण्डको अपरेसनका लागि शल्यक्रिया कक्षमा लगिएको अस्पतालले जनाएको छ । उहाँको शरीरका विभिन्न ठाउँमा चोट लागेको छ। आँखा माथि चोट लागेको छ । अहिले उहाँलाई शल्यक्रिया कक्षमा घाउँमा टाँका लगाउँर्दै छौँ।आज आँखा र शरीरका विभिन्न ठाउँको शल्यक्रिया सुरु भएको हो ।” ७२ घण्टा न्युरो वार्डमा निगरानीमा राखेर हेर्ने अस्पतालका निर्देशन डा.सुमन श्रेष्ठले जानकारी दिनुभयो । क्याप्टेन शाक्यको ढाँडको शल्यक्रिया भने केही दिनपछि मात्र गर्ने योजना रहेको उहाँले बताउनुभयो। बुधबार काठमाडौँबाट पोखरातर्फ उडेको सौर्य एयरको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। पाइलट शाक्यको भने घाइते अवस्थामा उद्दार गरिएको थियो।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’