सरकारले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट लैजान लागिएको सहायक कामदारहरुको छनोट प्रक्रियालाई विश्वसनीय बनाउन एक छानबिन समिति गठन गरेको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको मन्त्रालयका प्रवक्ता, सहसचिव गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।
कामदारहरुबाट पेस गरिएका कागजातको सम्बन्धमा संचारमाध्यममा आएको समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जानकारी दिँदै उहाँले छानबिन समितिले छनोट प्रक्रियामा पेस भएका कागजातहरुको आधिकारिकताको जाँच गर्नाका साथै समग्र छनोट प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउने बताउनुभयो ।
उहाँले हिजै एक विज्ञप्ति जारी गरी नेपाल र इजरायलबीच भएको द्विपक्षीय जिटुजी सम्झौता कार्यान्वयन गर्न यस मन्त्रालय सदैव तयार रहेको तथा जिटुजीमार्फत हुने छनोट प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’