काठमाडौँ, साउन २६ :
काठमाडौँको गोकणेश्वरस्थित जोरपाटीको एउटा धागो कारखानामा आगोलागी भएको छ ।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर २ मा रहेको बुद्धिबहादुर कार्कीको हिमालयन उन कारखानामा आगोलागी भएको प्रहरीलेपुष्टि गरेको छ।
आगोलागी पछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणको प्रयास गरेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरबाट गएका पाँच वटा दलमकले आगो नियन्त्रणको प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभयो ।
अहिले आगो नियन्त्रणमा आइसकेको र क्षतिको बिवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’