बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश कर्णाली प्रदेश

कर्णालीका नौ जिल्लामा गुणस्तर परीक्षण प्रयोगशाला स्थापना गरिदै

· आइतबार, १५ पुस, २०८१ मा प्रकाशित
कर्णालीका नौ जिल्लामा गुणस्तर परीक्षण प्रयोगशाला स्थापना गरिदै
सुर्खेत, पुस १५ :

कर्णालीका नौ जिल्लामा गुणस्तर परीक्षण प्रयोगशाला स्थापना हुने भएका छन् । 

चालु आर्थिक वर्षभित्रमा ती जिल्लामा प्रयोगशाला स्थापना गरिने भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सूचना अधिकारी प्रविण कार्कीले बताउनुभयो । 

प्रयोगशाला सञ्चालन गर्न नौ जन प्रयोगशाला प्राविधिकको दरबन्दी सृजना गरेर प्रक्रिया प्रारम्भ भएको उहाँले जानकारी दिनुभयो । प्रदेश राजधानी सुर्खेतमा आर्थिक वर्ष २०७९- ०८० मा प्रयोगशाला स्थापना भइसकेको छ । 

हाल उक्त प्रयोगशालाले कर्णालीका सबै जिल्लाको काम गर्दै आएको छ । वार्षिक २० लाख आम्दानी पनि भएको उहाँले बताउनुभयो । 

प्रयोगशालामा बालुवा, सिमेन्ट, गिट्टी लगायत निर्माण सामग्रीको गुणस्तर परीक्षण हुनेछ । ढलान भएका संरचना, कालोपत्र गरिएका सडक, ढलान हुनुअघिको ‘बेस’ र ‘सव- बेस’को ‘डेन्सिटी’ परीक्षण पनि हुनेछ ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार