बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार अर्थतन्त्र

यस्ता छन् तीन वर्षे कार्यकालमा कुलमानले विद्युत प्राधिकरणमा गरेका उपलब्धि

· शुक्रबार, २६ साउन, २०८१ मा प्रकाशित
यस्ता छन् तीन वर्षे कार्यकालमा कुलमानले विद्युत प्राधिकरणमा गरेका उपलब्धि
साउन २६ :

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो तीन वर्षको कार्यकालमा भएका उपलब्धि सार्वजनिक गर्नुभएको छ ।

निर्देशक घिसिङले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो प्रगति विवरण सार्वजनिक गर्नुभएको हो ।

८ वर्ष अघि ३४ अर्ब ६१ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको उहाँले जानकारी दिनुभयो।

उहाँले मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा आर्थिक वर्ष २०७८/७९ र आव २०७९/८० मा क्रमशः ९४.२३ र ९.९४ प्रतिशत अंक प्राप्त गरेको जानकारी दिनुभयो । यस्तै आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्याङ्कनको क्रममा रहेको पनि घिसिङले बताउनुभयो । 

तीन वर्षको अवधिमा भएको उपलब्धि मध्ये विद्युतीकरणमा रहेको ८९.७ प्रतिशत विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको घिसिङले जानकारी दिनुभयो । 

यस्तै ८ वर्षअघि २९ लाख ७० हजार रहेका विद्युत्को ग्राहक सङ्ख्या अहिले सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको बताउनुभयो । बिकट बस्तीहरुको पहिचान गरेर बाँकी स्थानहरुमा पनि छिट्टै विद्युतीकरण गर्न लागिएको उहाँको भनाई छ ।
 
यसैगरी ८ वर्ष अघि प्रतिवर्ष ३ अर्ब ७२ करोड युनिट विद्युत खपत हुने गरेकोमा अहिले १० अर्ब २३ करोड युनिट पुगेको जानकारी दिनुभयो ।  

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार