बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
विदेश

कार्यवाहक राष्ट्रपति हानलाई महाभियोग लगाउने प्रस्ताव पारित

· शुक्रबार, १३ पुस, २०८१ मा प्रकाशित
कार्यवाहक राष्ट्रपति हानलाई महाभियोग लगाउने प्रस्ताव पारित
photo: AP
काठमाण्डौँ , पुस १३ :

दक्षिण कोरियाका विपक्षी नियन्त्रित संसद् (नेसनल एसेम्बली) ले शुक्रबार कार्यवाहक राष्ट्रपति हान डक- सोलाई महाभियोग लगाउने प्रस्ताव पारित गरेपछि उहाँ पदबाट निलम्बित हुनुभएको छ । 

निवर्तमान राष्ट्रपति हान पदबाट निलम्बित भएपछि रिक्त हुन आएको उक्त पदमा अर्थतन्त्र चोई साङ मोकले शुक्रबारदेखि नै कार्यवाहक राष्ट्रपतिको कार्यभार सम्हाल्नुहुने भएको छ । 

विपक्षी नियन्त्रित नेसनल एसेम्बलीले हानलाई महाभियोग लगाउने प्रस्ताव पारित गरेपछि कार्यवाहक राष्ट्रपति हान पदबाट निलम्बित हुनुभएको र उक्त स्थानमा उपप्रधानमन्त्रीसमेत रहेका आर्थिक मामिलामन्त्री चोइले उक्त भूमिका सम्हाल्ने तयारी गरेको कोरियाली अधिकारीलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

अर्थ मन्त्रालयका अनुसार चोईले हानसँग बैठक गर्ने र त्यसपछि सेना प्रमुखसँग फोन मार्फत् संवाद गरी सरकारका मन्त्रीहरूलाई निर्देशन दिने योजना बनाउनुभएको बताइएको छ । 

कार्यवाहक राष्ट्रपतिले जनताका नाममा लिखित सम्बोधन गर्ने र साथै राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाउने कार्यक्रम तय भइसकेको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार